‘दीपक मनाङे’ ज्यान मार्ने उद्योगमा दोषी ठहर
काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ ‘दीपक मनाङे’ ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका छन् ।
गुन्डा नाइके चक्रे मिलनको ज्यान मार्ने उद्योग गरेको अभियोगमा आज सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले यसअघि उच्च अदालत पाटनले गरेको फैसलालाई सदर गरेको हो ।
यसअघि उच्च अदालत पाटनले मनाङेलाई ज्यान मार्ने उद्योगमा पाँच वर्षको कैद सजाय सुनाएको थियो । यो फैसलाविरुद्ध मनाङे सर्वोच्चमा पुगेका थिए ।
क्याटेगोरी : प्रदेश खबर, समाचार
प्रतिक्रिया