Techie IT
Samayabaddha
शनिबार, १३ पुस, २०८१

पेन्सिलवेनिया चुनावमा ट्रम्प र हैरिसबीच कडा प्रतिस्पर्धा, कसले मार्ला बाजी ?


अमेरिकी राज्य पेन्सिलवेनियामा आधा भन्दा बढी मतगणना सम्पन्न भइसकेको छ। हालसम्मको मत परिणाम अनुसार डोनाल्ड ट्रम्प अगाडि देखिएका छन् भने कमला हैरिस केही पछि लागिरहेकी छिन्।

पेन्सिलवेनियामा अन्य राज्यको तुलनामा सबैभन्दा बढी १९ इलेक्टोरल कलेजका भोट हुने हुँदा यो राज्यमा विजय हासिल गर्नु रिपब्लिकन र डेमोक्रेट दुवै पार्टीका लागि अति महत्त्वपूर्ण मानिन्छ। सन् २०१६ को राष्ट्रपति चुनावमा ट्रम्पले जर्जियामा मात्र ०.७२ प्रतिशत मतको अन्तरले जित हासिल गरेका थिए। चार वर्षपछि २०२० मा जो बाइडनले १।१७ प्रतिशतको फरकसहित विजयी भएका थिए।

यस पटकको चुनावमा ट्रम्प र हैरिसमध्ये कसले जित्नेछन भन्ने अनुमान लगाउन निकै कठिन बनेको छ। पेन्सिलवेनियामा मतगणना पनि ढिलो भइरहेको छ। राज्यको कानुनअनुसार चुनावको दिनसम्म मेलबाट आएका मतपत्रहरूको गणना सुरु गर्न नपाइने भएकाले अन्तिम नतिजा आउन केहि दिन लाग्न सक्छ।

२०२० को चुनावमा जस्तै यस पटक पनि नतिजाको लागि केही समय कुर्नुपर्ने सम्भावना रहेको छ।

रिपब्लिकनहरूले सिनेटमा बलियो उपस्थिति कायम गर्दा राष्ट्रपतीय दौड अझै अनिश्चित


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


ताजा अपडेट