Techie IT
Samayabaddha
आईतबार, २८ पुस, २०८१

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य


काठमाडौं । छठ पर्वको मुख्य दिन बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको छठ पर्वको मुख्य दिन बिहीबार व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।

बिहीबार निराहार व्रत बसेका व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिई रातभर छठ घाटमै जाग्राम बस्ने गर्छन् । कार्तिक शुक्ल सप्तमीका अवसरमा शुक्रबार बिहान उदाउँदा सूर्यलाई अर्घ्य दिएपछि चार दिन लामो छठको व्रत विधि समापन हुन्छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट