Techie IT
Samayabaddha
बुधबार, ९ माघ, २०८१

चितवनमा बस र माइक्रो बस ठोक्किँदा पाँच जनाको मृत्यु, तीन जना घाइते


काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा आज बिहान बस र माइक्रोबस ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । मृतकहरुको परिचय खुल्न सकेको छैन । दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

दुर्घटनामा घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक पाँच जना र घाइतेमध्ये गम्भीर रहेका एक जना माइक्रोबसका यात्रु रहेका प्रहरीले जनाएको छ । माइक्रोबसमा ६ जना थिए ।

बसका चालक र सहचालक घाइते भएकोमा अरु यात्रुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डीएसपी भेषराज रिजालले जानकारी दिए ।

बाग्मती प्रदेश ०६–००१ ज ०२९८ नम्बरको विद्युतीय माइक्रोबस र बाग्मती प्रदेश ३–००१ ख २८१२ नम्बरको बस आज बिहान तीन बजेतिर ठोक्किएर दुर्घटना भएको हो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट