Techie IT
Samayabaddha
आईतबार, २८ पुस, २०८१

राष्ट्रपति विदेश भ्रमण उड्दा आधा घण्टा उडान प्रभावित


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अन्य उडान आधा घण्टासम्म प्रभावित बनेको छ ।

कोप २९ को बैठकमा सहभागी हुन पौडेल आइतबार ५ः २५ मा अजरबैजानका लागि उडेको विमानस्थल कार्यालयले जनाएको छ । उक्त समयको १५ मिनेट अघि र पछि विमानस्थलबाट हुने अरू नियमित उडान बन्द गरिएको हो ।

मुलुकका उच्च पदस्थ व्यक्तिहरू औपचारिक कार्यक्रमको लागि विदेश भ्रमणमा जाँदा सुरक्षाका कारण अन्य उडान बन्द गर्नुपरेको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए । विमानस्थल आधा घण्टा बन्द गरिएपछि नियमित उडान, अवतरण तालिका थप भद्रगोल बनेका छन् ।

यसैअघि कात्तिक २३ गतेदेखि विमानस्थलको स्तरोन्नतिका कारण ३० प्रतिशत उडान अवतरण कटौती गरिँदै आएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट