Techie IT
Samayabaddha
शुक्रबार, १२ पुस, २०८१

मेक्सिकोमा रात्रि क्लबमा अन्धाधुन्ध गोली प्रहार हुँदा १० जनाको मृत्यु


मेक्सिकोको एउटा रात्रि क्लबमा भएको गोलाबारीमा १० जनाको मृत्यु भएको छ । ट्रकमा आएका बन्दुकधारीले क्वेरेटारो शहरको एउटा रात्रि क्लबमा अन्धाधुन्ध गोली चलाएका थिए ।

घटनामा १० जनाको मृत्यु भएको र सात जना घाइते भएका एएफपीले जनाएको छ । क्वेरेटारो राज्य अभियोजकको कार्यालयका अनुसार मारिनेमा तीन जना महिला रहेका छन् ।

चार जना हतियारधारीसँग अत्याधुनिक हतियार रहेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न भएको शङ्कामा एक जना संदिग्धलाई पक्राउ गरेको छ ।

क्वेरेटारो मेक्सिकोको सुरक्षित शहरमध्ये एक मानिन्छ तर अहिले भने लागूऔषध कारोबारीले शहरमा अशान्ति मच्चाइरहेका छन् ।

सन् २००६ देखि मेक्सिकोमा चार लाख ५० हजार जनाभन्दा धेरै मानिसको हत्या भएको छ । गएको अक्टोबरमा राष्ट्रपति बन्नुभएकी पूर्वमेयर क्लाउडिया शेनबामको मुख्य चुनौती नै मेक्सिकोमा दैनिक हुने हत्या र अपहरणका घटना रोक्नु रहेको छ ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


ताजा अपडेट