स्थानीय तह उपनिर्वाचन : ३८ वटा निर्वाचन अधिकृत कार्यालय स्थापना
काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि शुक्रबार निर्वाचन अधिकृत कार्यालय स्थापना गरिएको छ ।
देशभर ३२ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ६ वटा निर्वाचन अधिकृतको कार्यालय गरी जम्मा ३८ वटा निर्वाचन अधिकृतका कार्यालयहरू उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडाको केन्द्र रहेको स्थानमा गरिएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।
कार्यालय स्थापना भएपश्चात मंसिर २ गतेदेखि ५ गतेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुने उनको भनाइ छ ।
आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रम बमोजिम मंसिर २ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्य प्रारम्भ हुनेछ भने ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ। यस्तै मंसिर १६ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान कार्य सञ्चालन हुने आयोगले जनाएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
प्रतिक्रिया