Techie IT
Samayabaddha
बिहीबार, ११ पुस, २०८१

लाहोरलाई उछिन्दै नयाँ दिल्ली बन्यो विश्वकै खतरनाक प्रदूषित शहर


काठमाडौं । भारतको राजधानी नयाँ दिल्ली विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण भएको शहर बनेको छ । पाकिस्तानको लाहोरलाई समेत उछिन्दै दिल्ली शीर्ष स्थानमा पुगेको हो ।

आईक्यू एयरका अनुसार सोमबार बिहान दिल्लीको वायुको गुणस्तर ९३१ एक्यूआई रहेको छ । यो अवस्थालाई निकै खतरनाक मानिन्छ । दोस्रो स्थानमा रहेको लाहोरको एक्यूआई ४१४ छ ।

तेस्रो स्थानमा बंगलादेशको ढाका शहर रहेको छ । त्यहाँ एक्यूआई २४२ मापन गरिएको छ । यसलाई पनि स्वास्थ्यका लागि धेरै हानिकारक मानिन्छ । चौथो स्थानमा इराकको राजधानी बगदाद र पाँचौँ स्थानमा भियतनामको हानोई सहर छ ।

त्यसपछि शीर्ष १० मा क्रमशः भारतको कोलकाता, उज्बेकिस्तानको तास्केन्ट, बोस्निया हर्जगोभिनाको साराजेभो, पाकिस्तानको कराँची र भारतकै मुम्बई शहर रहेका छन् ।

राजधानी काठमाडौं भने यो सूचीमा १७ औँ स्थानमा छ । सोमबार बिहान यहाँको एक्यूआई १ सय २७ मापन गरिएको छ ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


ताजा अपडेट