Techie IT
Samayabaddha
बुधबार, १० पुस, २०८१

मर्मतका कारण ८३ दिन थन्किएको नेपाल एअरलाइन्सकाे ‘मकालु’ जहाज अब नियमित उडानमा


काठमाडौं । नेपाल वायु सेवा निगम ९नेपाल एअरलाइन्स० को ए–३३० वाइडबडी (मकालु) जहाज आजदेखि पुनः नियमित उडानमा जाने भएको छ । जहाजको नियमित सी–चेकको मर्मतपछि नियमित उडान गर्न लागिएको निगमका प्रवक्ता रमेश पौडेलले बताए ।

जहाज मर्मतका लागि तीन महिनाअघि इटाली लगिएको थियो । अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी सी–चेकको मर्मतपछि जहाज आज बिहान ८ बजेर ५२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । यो जहाजले आज बेलुकादेखि उडान शुरू गर्नेछ ।

योसहित निगमका चार वटै जहाजले अन्तर्राष्ट्रिय क्षेत्रमा नियमित उडान गरेसँगै यात्रुलाई थप सेवा पुग्ने विश्वास गरिएको प्रवक्ता पौडेलले बताउनुभयो ।

 


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


ताजा अपडेट