Techie IT
Samayabaddha
सोमबार, ७ माघ, २०८१

आजको मौसम : काठमाडौं उपत्यकासहित तराई क्षेत्रमा बाक्लो हुस्सु


काठमाडौं । काठमाडौं उपत्यकासहित तराई क्षेत्रमा बाक्लो हुस्सुका कारण भिजिविलिटी कम रहेको छ । घाम चर्किन थाले पनि हुस्सु हट्दै जाने मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।

यस्तै काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज घटेर ९ दशमलव ९ डिग्री सेल्सियसमा झरेको छ । आज दिनभर हिजोको भन्दा धेरै चिसो महशुस हुन सक्ने उनका भनाइ छ ।

यसैबीच, देशका पहाडी क्षेत्रमा आज मौसम आंशिक बदली छ । आंशिक बदली र हुस्सुलागेका बाहेक अरु ठाउँमा मौसम सफा छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

कोशी र गण्डकी प्रदेशका पहाडी एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । अहिले देशभर पश्चिमी वायु तथा पहाडी क्षेत्रमा स्थानीय वायुको सामान्य प्रभाव छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट