Techie IT
Samayabaddha
बुधबार, १० पुस, २०८१

विश्व बडीबिल्डिङ च्याम्पियनसिपमा पदक जित्ने खोलाडीलाई प्रधानमन्त्रीको सम्मान


काठमाडौँ, ४ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल स्पोर्टस् च्याम्पियनसिप, २०२४ मा पदकप्राप्त नेपाली खेलाडीलाई आज सम्मान गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा मङ्गलबार प्रधानमन्त्री ओलीले ती खेलाडीलाई बधाई दिँदै सम्मान गरेको प्रधानमन्त्रीको सचिवालय जनाएको छ । यही ५ देखि ११ नोभेम्बरमा माल्दिभ्समा भएको प्रतियोगिताको विभिन्न तौल समूह र विधामा रुपेश शाही, प्रज्ज्वल शाक्य, रजनी शाक्य र सोनाम मुलगुठीले दोस्रो स्थान हासिल गरेका थिए ।

प्रधानमन्त्री ओलीले यस खेलको पर्याप्त सम्भावना रहेकोले राज्यका तर्फबाट आवश्यक प्रोत्साहन हुने विश्वास दिलाए ।

नेपाल शारीरिक सुगठन तथा फिटनेस महासङ्घका अध्यक्ष राजेशबाबु श्रेष्ठले पर्यटन प्रवर्द्धनमा समेत योगदान मिल्ने भएकोले यस खेललाई सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिए ।


क्याटेगोरी : खेलकुद, समाचार

प्रतिक्रिया


ताजा अपडेट