Techie IT
Samayabaddha
सोमबार, २९ पुस, २०८१

दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति


काठमाडौं, ५ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। साइबर अपराधको आरोपमा पक्राउ परेका प्रसाईंलाई म्याद थप्न आज बुधबारजिल्ला अदालत काठमाडौं लगिएको थियो।

बुधबार जिल्ला अदालत काठमाडौंले उनलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको साइबर ब्युरोका प्रवक्ता एवं एसपी दिपकराज अवस्थीले जानकारी दिए।विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार अनुसन्धान गर्न प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो।

विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार अनुसन्धान गर्न प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो।

केन्द्रीय अनुसन्‍धान ब्युरो (सिआइबी) ले उनलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो। उनकै निवासबाट जिल्ला प्रहरी परिसर भक्तपुरबाट २५ जनालाई नियन्त्रणमा लिएको थियो। १५ जनालाई भने गए राति नै छाडेको थियो।

यता प्रसाईंमाथि अनुसन्धान गर्न सिआइबीले साइबर ब्युरोमा पठाएको थियो। ब्युरोले अबेरमात्रै प्रसाईंलाई बुझेपछि नभ्याएको भन्दै अदालतमा पेस गरेको थिएन। कुनै पनि व्यक्तिलाई पक्राउ गरेपछि प्रहरीले ती व्यक्तिलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउनुपर्ने कानुनी व्यवस्था छ।

कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ३२ अर्ब लगानी गरेको भन्दै भिडिओ कलमार्फत् कसैले देखाएको अपुष्ट ‘प्रमाण’ प्रसाईंले सार्वजनिक गरेका थिए।

दुर्गा प्रसाईंलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित

दुर्गा प्रसाईंको घरबाट ३ ल्यापटप र ९ मोबाइल बरामद

दुर्गा प्रसाईं पक्राउ


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट