Techie IT
Samayabaddha
बुधबार, १० पुस, २०८१

नेपाल र स्वीडेनबीच कार्बन व्यापारसम्बन्धी सम्झौता


काठमाडौं । नेपाल र स्वीडेन सरकारबीच दुई पक्षीय कार्बन व्यापारसम्बन्धी सम्झौता भएको छ । अजरबैजानको बाकुमा चलिरहेको विश्व जलवायु सम्मेलन कोप—२९ मा नेपालको तर्फबाट वन तथा वातावरण मन्त्रालयका सचिव दीपक खराल र स्वीडेनका तर्फबाट ऊर्जा मन्त्रालयका महानिर्देशक क्यारोलिन एसर्फले सम्झौतामा हस्ताक्षर गरेकी छिन् ।

सम्झौतापछि स्वीडेनले नेपालको राष्ट्रिय निर्धारित योगदान (एनडीसी) कार्यान्वयनमा सहयोग गरी हरितगृह ग्यास न्यूनीकरणमा सहयोग गर्नेछ । यो सहयोग कार्बन व्यापारसम्बन्धी कार्यमा प्रयोग गरिनेछ । तर यसका लागि नेपाल सरकारले जलवायु न्यूनीकरणका लागि परियोजना बनाएर प्रस्तुत गर्नुपर्ने हुन्छ ।

कोप—२६ ले पेरिस सम्झौताको धारा ६ स्वीकृति गरेपछि दुई पक्षीय सम्झौता गरी जलवायु न्यूनीकरणमा काम गर्ने बाटो खुला भएको थियो ।

नेपाल सरकार मन्त्रिपरिषद्को कात्तिक २५ गते बसेको बैठकले स्वीडेन सरकारसँग हुने दुई पक्षीय सम्झौताको स्वीकृति गरेको थियो । अब सरकारले एनडीसी अनुसारका कार्य सम्पादनका लागि जलवायु न्यूनीकरणका क्षेत्रमा स्वीडेनको सहयोग प्राप्तीको ढोका खुलेको छ । यो नेपालको तर्फबाट अन्तर्राष्ट्रिय कार्बन व्यापारमा भएको पहिलो दुईपक्षीय सम्झौता हो ।


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


ताजा अपडेट