Techie IT
Samayabaddha
बुधबार, १० पुस, २०८१

अचाक्ली हवाई भाडा लिएपछि २४ घण्टाभित्र टिकटको मूल्य उपलब्ध गराउन पर्यटनमन्त्रीको निर्देशन


काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्रिय उडान भर्ने हवाई कम्पनीलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिएका छन् ।

हवाई भाडावृद्धिबारे मन्त्रालयमा छलफलका लागि बोलाएर उनले वायुसेवा कम्पनीहरुलाई भाडा वृद्धिबारे पुनर्विचार गर्न निर्देशन पनि दिएका छन् । ‘हामीले नागरिकहरुकै सेवा भनेर हवाई कम्पनीलाई सहुलियत दिएका थियौँ । तर त्यसको उपहास भएको छ, राज्य र नागरिकप्रतिको दायित्वलाई बेवास्ता गरेर गैरजिम्मेवारीपन देखाइएको छ’, मन्त्री पाण्डेले भने ।

नागरिकमाथि प्रतिष्ठित व्यापारी र एयरलाइन्सले गरेको व्यवहारले आफू निकै दुःखी भएको उनको भनाइ छ । यसअघि हवाई सेवा कम्पनीले नियामक निकायसँगको छलफलमा भाडा नियन्त्रणका लागि पाँचबुँदे सहमति गरिएको भए पनि त्यसको कार्यान्वयन नगरेको भन्दै पर्यटनमन्त्री पाण्डेले आक्रोश व्यक्त गरे ।

मन्त्री पाण्डेले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले समेत अचाक्ली हवाई भाडा लिएकोप्रति सचेत गराए । २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य उपलब्ध गराउन उनले निर्देशन ए ।

पर्यटनमन्त्री पाण्डेले एयरलाइन्सले हवाई भाडा वृद्धिबारे पुनर्विचार नगरे सरकारले कडा कदम चाल्ने चेतावनी दिनुभयो । मन्त्रालयका सचिव डा।गणेश पाण्डेयले यदि अहिले चलिरहेका हवाई कम्पनीले सरकारको निर्णय कार्यान्वयनमा अटेर गरेमा नयाँ हवाई कम्पनीका लागि सूचना आह्वान गर्ने चेतावनी दिनुभएको छ ।

छलफलमा नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० का महानिर्देशक प्रदीप अधिकारीले एयरलाइन्सले हवाई भाडा नियन्त्रणसम्बन्धी पाँचबुँदे सहमति कार्यान्वयन नगरेको र हवाई टिकटमा कृत्रिम अभाव देखाउँदै कालोबजारी गरिरहेकाले त्यसलाई नियन्त्रण गरेरै छोड्ने अठोट व्यक्त गर्नुभएको छ ।

छलफलमा सहभागी एयरलाइन्सका प्रतिनिधिले हवाई भाडाबारे सत्यतथ्य जानकारी दिन आनाकानी गरेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मत र विस्तारको लागि दैनिक १० घण्टा बन्द भएपछि उडान कटौती भएका छन् । यही मौका छोपेर एअरलाइन्सले तीन गुणासम्म भाडा बढाएका छन् ।


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


ताजा अपडेट