भारतको राजधानीमा वायु प्रदूषणका कारण विद्यालयहरू बन्द
काठमाडौँ, ६ मङ्सिर। भारतको राजधानी देहली क्षेत्र र वरपरको वायु प्रदूषणका कारण विद्यालयहरू बन्द गरिएको छ । विद्यार्थीलाई घरबाटै अनलाइनबाट शिक्षा दिन सुरु गरिएको हो ।
केही दिनदेखि सहर गम्भीर वायु प्रदूषणसँग लडिरहेको छ । सहर र बाहिरी इलाकामा प्राथमिक र माध्यमिक विद्यालयहरू सावधानीका रूपमा बन्द गरिएका छन् । सहरका दुई ठुला विश्वविद्यालयहरूले खराब हावाको गुणस्तरलाई ध्यानमा राख्दै सबै कक्षाहरू अनलाइन सञ्चालन गर्ने निर्णय गरेका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य
प्रतिक्रिया