भारतीय सेना प्रमुखको सम्मानमा जंगी अड्डामा रात्रिभोज
काठमाडौं । भारतीय स्थल सेनाका प्रमुख उपेन्द्र द्विवेदीको सम्मानमा जंगी अड्डामा रात्रिभोजको आयोजना गरिएको छ । प्रधानसेनापति अशोकराज सिग्देलले द्विवेदीको सम्मानमा बिहीबार रात्रिभोजको आयोजना गरेको सैनिक प्रवक्ता (सहायकरथी) गौरव कुमार केसीले बताए ।
मंसिर ५ मा काठमाडौं आएका द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सो दर्जा प्रदान गरेका हुन् । सेनापति द्विवेदीसँगै उनकी श्रीमती सुनिता द्विवेदी पनि काठमाडौं आएकी छन् ।
नेपाल र भारतका सेनाको बिचमा मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया