Techie IT
Samayabaddha
शुक्रबार, १२ पुस, २०८१

पालिका उपनिर्वाचन : नमुना मतपत्र सार्वजनिक, कहाँ कस्तो ?


काठमाडौं । निर्वाचन आयोगले यहि मंसिर १६ गते हुने रिक्त पालिकाको उपनिर्वाचनका लागि आवश्यक पर्ने मतपत्रको नमुना ढाँचा तयार गरी सार्वजनिक गरेको छ । उम्मेदवारको सङ्ख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका चुनाव चिह्न समावेश गरी मतपत्र तयार गरिएको आयोगले जनाएको छ । हरेक पदका लागि छुट्टाछुट्टै मतपत्र रहेको आयोगले जनाएको छ ।

सार्वजनिक नमूना मतपत्रको आधारमा राजनीतिक दल तथा उम्मेदवारले प्रचार प्रसार एवम् मतदाता शिक्षा अभियान सञ्चालन गर्न सक्ने आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । यसैबीच आयोगले गएको मंसिर २ गतेदेखि लागू भएको निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नसमेत आग्रह गरेको छ ।

प्रचारप्रसार गर्नेक्रममा आचारसंहिता विपरीत छिटपुट घटना भएकोप्रति ध्यानाकर्षण भएको भन्दै आयोगले आज विज्ञप्ती निकालेर आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि विभिन्न संयन्त्रहरु परिचालन भएका जनाएको छ । मंसिर १६ गते आइतवार ३२ जिल्लाका ४१ पालिकामा रिक्त पदका लागि मतदान हुँदैछ ।

 


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


ताजा अपडेट