Techie IT
Samayabaddha
सोमबार, २९ पुस, २०८१

अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी खर्बपति एवम् सामाजिक सञ्जाल एक्सका मालिक एलन मस्कसँग संवाद गरेका छन् । हिजो बेलुकी प्रधानमन्त्री ओलीले मस्कसँग भर्चुअल संवाद गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले मस्कमार्फत् नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई पनि दिएका छन् । आउँदो जनवरीदेखि कार्यभार सम्हाल्न लागेका राष्ट्रपति ट्रम्पलाई ओलीले मस्कसँगको भर्चुअल वार्तामार्फत् बधाई दिएको उनको सचिवालयले जनाएको छ ।

अमेरिकाको राष्ट्रपतिमा ट्रम्पलाई जिताउन मस्कको विशेष भूमिका रहेको थियो । संवादको क्रममा मस्कले स्टारलिङ्कबारे प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गरेका थिए । उनले नेपालमा यसको प्रयोग भएमा प्राप्त हुन सक्ने सहुलियत र सुविधाबारे पनि बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मस्क स्पेश एक्सका कम्पनीका मालिकसमेत हुन्, उनले नेपालमा स्याटलाइट इन्टरनेट सेवा स्टार लिङ्क शुरु गर्न इच्छा देखाइरहेका छन् । कुराकानीको क्रममा प्रधानमन्त्री ओलीले मस्कलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सन्जाल एक्समार्फत् मस्कसँग कुरा गरेको र नेपाल भ्रमणमा आउन निम्तो दिएको जानकारी दिएका हुन् ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट