Techie IT
Samayabaddha
मंगलबार, १ माघ, २०८१

राष्ट्रपतिद्वारा सेना परिचालनका लागि स्वीकृति


काठमाडौं, ९ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति दिएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका हुन्। सुरक्षित, भयरहित, निष्पक्ष र शान्तिपूर्णरूपले निर्वाचन सम्पन्न गर्न मन्त्रिपरिषद्को निर्णय बमोजिम संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट