Techie IT
Samayabaddha
मंगलबार, १ माघ, २०८१

प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले दिएको राजीनामा राष्ट्रपतिबाट स्वीकृत


काठमाडौं, ९ मङ्सिर । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले दिएको राजीनामा स्वीकृत गरेका छन् । सचिव अधिकारीले आइतबार राष्ट्रपतिसमक्ष राजीनामा पेस गरेका थिए ।

सङ्घीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम भोलिदेखि लागू हुनेगरी उनको स्वीकृत भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट