Techie IT
Samayabaddha
मंगलबार, १ माघ, २०८१

रवि लामिछानेलाई भोलि काठमाडौं ल्याईँदै


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भोलि काठमाडौं ल्याइने भएको छ । सहकारी ठगीको अभियोगमा पक्राउ परेका रविलाई पोखरामा बयान सकिएकाले काठमाडौं ल्याउन लागिएको हो ।

कास्की जिल्ला अदालतले आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनलाई काठमाडौं ल्याउन लागिएको हो । जिल्ला प्रहरी कास्कीका अनुसार स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा अनुसन्धानका लागि काठमाडौं पठाउन लागिएको हो । उनीविरुद्द काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट