Techie IT
Samayabaddha
बुधबार, २ माघ, २०८१

रवि लामिछानेलाई पोखराबाट काठमाडौं ल्याइयो


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि प्रहरीले पोखराबाट काठमाडौं ल्याएको छ ।

लामिछानेलाई बुद्ध एअरको विमानमार्फत केहीबेरअघि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । उनलाई पोखराबाट काठमाडौं ल्याउन लागिएपछि त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको थियो । विमानस्थल परिसरमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी खटाइएको थियो ।

काठमाडौं कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम ठगीबारे अनुसन्धान गर्न प्रहरीले लामिछानेलाई काठमाडौं ल्याएको हो । उनीविरुद्द काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि गएको कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने एक महिनादेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । यसअघि उनलाई सहकारी ठगी प्रकरणमा प्रहरीले रुपन्देही लगेर बयान लिएको छ ।

सहकारी बचत अपचलन, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरमा प्रहरीले लामिछानेमाथि अनुसन्धान गरिरहेको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट