अछामका असई किसनबहादुर चन्दले गरे आफैंमाथि गोली प्रहार
कैलाली, १४मंसिर । अछाममा प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दले बिहीबार राति आफैंमाथि गोली प्रहार गरेका छन् ।
तुर्माखाद गाउँपालिका–३ मा प्रहरी सहायक निरीक्षक चन्दले आफैंले बोकेको पेस्तोलले बायाँ छातीको माथिल्लो भागमा गोली प्रहार गरेको प्रहरीले जानकारी दिएको छ ।
अहिले चन्दको अवस्थामा खतरा मुक्त रहेको छ
तत्काल उनको उद्धार गरेर कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रदेश प्रहरी कार्यकारी प्रमुख डिआईजी रवीन्द्र केसीले जानकारी दिए । अहिले चन्दको अवस्थामा खतरा मुक्त रहेको उनले जानकारी दिए ।
अहिले घटनाको छानबिनलाई जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विनोद शर्माको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया