नागढुङ्गा सुरुङमार्ग निर्माणको काम आठ दिनदेखि अवरुद्ध
काठमाडौं । नागढुङ्गा सुरुङमार्ग निर्माणको काम आठ दिनदेखि अवरुद्ध छ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ बाँडभञ्ज्याङका सुरुङमार्ग प्रभावित क्षेत्रका बासिन्दाले आयोजनाबाट उचित क्षतिपूर्ति नपाएसम्म सुरुङमार्गको काम अघि बढ्न नदिने भन्दै गएको आइतवारदेखि निर्माण कार्य ठप्प पारेका हुन् ।
सुरुङमार्ग निमार्णका क्रममा घरहरूमा समस्या आएको, चिरा परेको र पानी सुकेको भन्दै स्थानीयवासीले आन्दोलन गरिरहेका छन् । पटक–पटक सरकारले वार्ता, भेटघाट तथा आश्वासन देखाए पनि आयोजनाले मागको सुनुवाइ नगरेको उनीहरूको भनाइ छ ।
सुरुङमार्गअन्तर्गत ुफ्लाईओभरु क्षेत्रमा समेत संरचना निर्माण अवरुद्ध भएको छ । सुरुङमार्गको माथिपट्टि पर्ने जग्गामा बनेका सात वटा घर चर्किएपछि नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले ती संरचनाको क्षतिपूर्ति दिने प्रक्रिया अघि बढाएको छ । तर स्थानीयवासीले घरसँगैको जग्गाको पनि मुआब्जा दिनुपर्ने माग गरेका चन्द्रागिरि नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गीले बताए ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया