झ्याउरे छन्दलय प्रवर्धन गर्नु नेपाली मौलिकता बचाउनु हो : कुलपति राई
काठमाडौँ, १८ मंसिर । नेपाली मौलिक झ्याउरे छन्दलयको उत्थान गर्ने ध्येयले नेपाल प्रज्ञा–प्रतिष्ठान र काव्य घर नेपाल मिडिया प्रा.लि.को सहकार्यमा ‘झ्याउरे छन्दलय कविता लेखन’ विषयक विमर्श कार्यक्रमको सम्पन्न भएकाो छ ।
सोमाबार प्रज्ञा–प्रतिष्ठानको देवकोटो सभाकक्षमा उक्त कार्यक्र आयोजना गरिएको हो ।
कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले झ्याउरे छन्द नेपालको मौलिक भएको बताए । उनले मानव सभ्यता सुरु भएदेखि नैं झ्याउरे छन्दलय पुस्तान्तरण हुँदै आएको भन्र्दै हाम्रा वेद ,ऋचा र मुन्धुम लगायतका कैयौँ ग्रन्थहरू लयबद्द भएकाले नैं सहज रूपमा पुस्तान्तरण हुन सकेको चर्चा गरे । उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचेको मुनामदनले झ्याउरे छन्द स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको पनि स्मरण गरे ।
झ्याउरे छन्दलयमा लेखिएको ‘मञ्जरी’ गीतिकविताको लोर्कापण गर्दै आफ्नो मन्तव्यका क्रममा उनले नेपाली मौलिक झ्याउरे छन्दलयकी अभियन्ता कवियत्री रेणुका भट्टराईले झ्याउरे छन्द पुनर्जागृत गर्न खेलेको भूमिका स्तुति रहेको बताउँदै झ्याउरे छन्दको सम्प्रवर्धन गर्नु भनेको नेपाली मौलिकता बचाउनु हो भनिन् ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा पद्य काव्य विभाग प्रमुख बाबा बस्नेतले मौलिक नेपाली झ्याउरे छन्दलयको जगेर्ना गर्न प्रज्ञा–प्रतिष्ठान प्रतिबद्ध रहेको बताउँदै आफूले पनि झ्याउरे छन्दलयमा लोकगीत र झ्याउरे गीतगाएको बताए ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष तथा स्रष्टा हरि मञ्जुश्रीले पौराणिक ग्रन्थ यजुर्वेद र सामवेद लगायतमा झ्याउरे छन्दलय रहेको चर्चा गर्दै झ्याउरे विधासँग सम्बन्धित सङ्गिनी, ख्याली, खैँजडी, भजन र मारुनी भाकाको सम्बर्धन गर्ने बारे जोड दिए ।
प्रा.डा. राजाराम सुवेदीले नेपाली इतिहासका कतिपय कुराको खोजी गर्ने हो भने झ्याउरे भाकामा गाएको पाइन्छ भने । उनले गाउँघरका मौखिक गीतहरू पुस्तान्तरण हुँदै आएको भन्दै तिनमा पनि झ्याउरे छन्दलय रहेको बताए ।
जनगायक जीवन शर्माले हामीले देशको झ्याउरे लेख्नुपर्ने र यसलाई विश्वमा लैजानुपर्ने भन्ने धारणा राखे । शब्द, स्वर र सङ्गीतका माध्यमबाट सफल हुन सकिने कुरामा उनले जोड दिए ।
यसैगरी संस्कृतविद् प्रा. डा. बीणा पौड्यालले हाम्रो धर्म संस्कृति र परम्परामा पनि झ्याउरे प्रचलनमा रहेका तर झ्याउरे नैं हो भनि इतिहासमा समेत प्रष्ट नभएकाले अब यस विषयमा बहस जरुरी रहेको बताए । त्यस्तै अर्का वक्ता लोकसाहित्यविद्प्रा .डा ध्रुव भट्टराईले हामीले लोक साहित्यमा पढ्दै आयौँ र पढाउँदै आयौँ तर कुन लोकसाहित्यको कुन लोकगीत कुन झ्याउरे के हो ? भनेर नछुटिएको अवस्थामा झ्याउरे जनबोली लोकसाहित्य भएको जिकिर गरे । यसको मूल जरो भनेको झ्याउरे नै हो भन्दै अब झ्यााउरेका विषयमा खोजी अनुसन्धान गर्न जरुरी रहेको बताउँदै मुनामदनको झ्याउरे लय लोकप्रिय लय भएकाले नै झ्याउरेको महत्त्व झनै बढाएको बारे उनले चर्चा गरे ।
भाषाविद् चूणामणि गौतमलगायतले मौलिक नेपाली झ्याउरे छन्दलयका बारेमा आआफ्नो धारणा राखेका थिए ।
काव्य घर नेपाल मिडिया प्रा.लि.का अध्यक्ष, झ्याउरे छन्दलय अभियन्ता तथा कवियत्री रेणुका भट्टराई नेपाली शब्दकोशमा झ्याउरे शब्दलाई हेपेर लेखेको भन्दै त्यसलाई सच्याउनु पर्ने धारणा राखिन् । भट्टराईले नेपालीको मौलिक लय झ्याउरे विधाको प्रभाव र छाप धर्म, संस्कृति, संस्कार र परम्परामा पनि रहेको उल्लेख गर्दै झ्याउरे लय र समग्र झ्याउरेको विषयमा खोजी गर्नुपर्ने हामीबिच प्रश्न खडा भएको छ भन्दै नेपालीको पहिचन नै झ्याउरे भएको ठोकुवा गरिन् ।
कवियत्री भैरवी भूगोलको उद्घोषण रहेको उक्त कार्यक्रममा इन्दिरा ढकाल, पवित्रा दाहालको झ्याउरे कविता शान्ति पौडेलले, ढुण्डीराज पोखेल, नरहरि प्रेमी र डाक्टर जनपाली लगायतले ‘झ्याउरे छन्दलयका कविता वाचन गरेका थिए ।
क्याटेगोरी : समाचार, साहित्य
प्रतिक्रिया