Techie IT
Samayabaddha
मंगलबार, ९ पुस, २०८१

सुदूरपश्चिमले काठमाडौंलाई ७३ रनले हरायो


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई हराएको छ । सुदूरपश्चिमले काठमाडौंलाई ७३ रनले हराएको हो । सुदूरपश्चिमले दिएको एक सय ६८ रनको लक्ष्य पछ्याएको काठमाडौं १५ ओभर पाँच बलमा ९४ रनमा अलआउट भयो ।

काठमाडौंका लागि स्टेफिन स्किनाजीले सर्वाधिक ३७ रन बनाए । भीम सार्की र गेरहार्ड इरास्मसले १०र१० तथा सुमित महर्जनले १४ रन बनाए । सुदूरपश्चिमका नरेन साउदले पाँच विकेट लिए । यस्तै अविनाश बोहराले दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा छ विकेट गुमाएर एक सय ६७ रन बनायो । उसका लागि ब्रान्डन म्याकमुलनले सर्वाधिक ५३ रन बनाए । यस्तै कप्तान दीपेन्द्रसिँह ऐरीले ४३ र विनोद भण्डारीले ३५ रन बनाए ।

काठमाण्डौका रशिद खानले दुई तथा हेरहार्ड इरास्मस, शहाब आलम र करण केसीले एक–एक विकेट लिए । सुदूरपश्चिमले अहिलेसम्म खेलका दुवै खेल जितेको छ । काठमाण्डौले तीन खेलमा एक जीतसहित दुई अङ्क जोडेको छ ।

 


क्याटेगोरी : खेलकुद, समाचार

प्रतिक्रिया


ताजा अपडेट