Techie IT
Samayabaddha
बुधबार, २ माघ, २०८१

आइतवार र सोमवार पानी पर्ने सम्भावना


काठमाडौं । पश्चिमी वायुको असरले आइतवार र सोमवार हल्का पानी पर्ने सम्भावना छ । विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद रोजन लामिछानेले बताएका छन् ।

आज पनि कोशी प्रदेशको पहाडी भू–भागको एक–दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी र बाग्मती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको महाशाखाले निकालेको मौसम बुलेटिनमा उल्लेख छ । अहिले गण्डकी र लुम्बिनी प्रदेशका पहाडी, तराई र उपत्यकाका केही ठाउँमा हुस्सु लागेको छ ।

आउँदो २४ घण्टामा कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा वर्षाको साथै भोलि बिहान तराई तथा उपत्यका धेरै ठाउँहरुमा हुस्सु र केही ठाउँहरुमा कुहिरोको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट