Techie IT
Samayabaddha
मंगलबार, ९ पुस, २०८१

१०औँ बृहत राष्ट्रिय खेलकुद चैतमा हुने


काठमाडौँ, २१ मङ्सिर । १०औँ बृहत राष्ट्रिय खेलकुद–२०८१ साल चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा शुक्रबार बसेको एक सय १८औँ बोर्ड बैठकले उक्त निर्णाय गरेको हो ।

यसअघि राखेपले १०औँ राष्ट्रिय खेलकुद गत मङ्सिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमै गर्ने गरी प्रस्ताव गर्ने निर्णाय गरेको थियो ।

गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदको समापनका दिन २०७९ साल कात्तिक २ गते बसेको राखेपको एक सय १५औँ बोर्ड बैठकले उक्त मितिमा १०औँ राष्ट्रिय खेलकुद कर्णालीमा गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको थियो ।

 


क्याटेगोरी : खेलकुद, समाचार

प्रतिक्रिया


ताजा अपडेट