Techie IT
Samayabaddha
बुधबार, २ माघ, २०८१

बाराको गढीमाई मेलामा दर्शनार्थीको भीड : आज मधेस प्रदेशमा सार्वजनिक बिदा


काठमाडौं । बाराको बरियारपुरमा लाग्ने प्रसिद्ध गढीमाई मेलामा चहलपहलसँगै दर्शनार्थीको भीड बढेको छ । गढीमाई दर्शनका लागि दर्शनार्थीको भीड र व्यापारले मेलाको रौनक बढाएको छ ।

अस्ति शुक्रवारदेखि पाँच दिनका लागि स्थानीय विद्यालय बन्द गरिएको छ । मधेस प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । गढीमाईमा हरेक पाँच वर्षमा विशेष मेला लाग्ने गर्छ ।

मेलामा दर्शनार्थीको सहजताका लागि सुरक्षा व्यवस्था, बिजुली बत्ती, सीसी क्यामरा, शौचालय, पार्किङ, खानेपानीलगायतको व्यवस्थापन मिलाएको मेला मूल समितिका प्रवक्ता विजय स्वर्णकारले बताए । मेलामा सादा पोसाकसहितका सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ ।

यसैबीच खानेपानीमन्त्री प्रदीप यादवले पञ्चवर्षीय गढीमाई मेलामा आउने श्रद्धालु भक्तजनलाई चौबिसै घण्टा शुद्ध एवम् स्वच्छ खानेपानीसहित आधारभूत सेवा उपलब्ध गराउन निर्देशन दिएका छन् । मेला अवधिभर शुद्ध एवम् स्वच्छ खानेपानी वितरण गरिने खानेपानी संस्थान बारा कलैया शाखाले जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट