Techie IT
Samayabaddha
सोमबार, ८ पुस, २०८१

एनपीएलमा आज चितवन राइनोज र लुम्बिनी लायन्स तथा कर्णाली याक्स र पोखरा एभेन्जर्स खेल्दै


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा बिहान नौ बजे चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा दिउँसो १ बजे कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुने छ ।

अहिलेसम्म १५ खेल वटा सम्पन्न भएका छन् । जनकपुर बोल्ट्स आफ्ना चार वटै खेलमा विजयी हुँदै अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ । यसैगरी चार खेल खेलेको सुदूरपश्चिम रोयल्स तीनमा जीत तथा एउटा खेलमा हारका साथ दोस्रो स्थानमा छ ।


क्याटेगोरी : खेलकुद, समाचार

प्रतिक्रिया


ताजा अपडेट