Techie IT
Samayabaddha
मंगलबार, १ माघ, २०८१

रौतहटमा स्कर्पियो दुर्घटना हुँदा ८ यात्रुको मृत्यु


काठमाडौं । बारा गढीमाईको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।

दर्शनार्थी चढेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य चार जना घाइते भएको रौतहट प्रहरीले जानकारी दिएको छ ।

मृतक मध्ये अधिकांशको सनाखत हुन सकेको छैन । सबै मृतक र गाडी सिरहाको रहेको र उनीहरूका आफन्तहरू आएपछि पहिचान खुल्ने प्रहरीको भनाइ छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट