Techie IT
Samayabaddha
शुक्रबार, १२ पुस, २०८१

काठमाडौं उपत्यकामा आज यस वर्षकै कम तापक्रम मापन


काठमाडौं । काठमाडौं उपत्यकामा आज यसवर्षको अहिलेसम्मकै कम तापक्रम मापन भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान पौने ६ बजे ३ दशमलव ४ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । यो बैशाख पछिको कम तापक्रम हो । हिजो र अस्ति काठमाडौंको न्यूनतम तापक्रम ३ दशमलव ९ डिग्री सेल्सियस थियो ।

यसैबीच आज दिउँसो देशभरको मौसम सामान्यतया मौसम सफा रहने मौसमबिद्को अनुमान छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण केही ठाउँमा केहीबेर सामान्य बदली रहे पनि सबैजसो ठाउँको मौसम सफा रहने मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

अहिले काठमाण्डौ उपत्यका र तराइका जिल्लामा हुस्सु र कुहिरो लागेको छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने छ । यसैबीच आज चिसो झनै बढेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट