Techie IT
Samayabaddha
सोमबार, ८ पुस, २०८१

देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्रीको सङ्कल्प


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरू एकापसमा मिलेर देश बनाउने र सुशासन ल्याएरै छाड्ने सङ्कल्प गरेका छन् । बुढानीलकण्ठ नगरपालिकाको– १, २ र ७ नं. वडाको प्रशासनिक भवन तथा कपन ह्याण्डबल बहुउद्देश्यीय खेल मैदानको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देश विकासको अभियानलाई अगाडि बढाउने र हरेक क्षेत्रमा विकासका कामलाई ध्यान दिने बताए ।

“केही मान्छेको स्वार्थका कारण देश बन्न बन्न सक्दैन । देश अघि बढ्छ ”, उनले भने, “नेपालको फुटबल क्षेत्रलाई हामी अझै अगाडि बढाउनेछौँ । हाम्रो खेल क्षेत्रमा अन्तर्राष्ट्रिय उपस्थिति राम्रो छ । नेपालको परिचय राखेकामा म खेलाडीलाई धन्यवाद दिन चाहन्छु । हामी हरेकले आफ्नो क्षेत्रबाट देश नाम विश्वमा राख्ने काम गर्दै जानुपर्छ । त्यसमा सरकारको सक्दो साथ रहनेछ ।”


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


ताजा अपडेट