चिसो बढ्यो : काठमाडौंको तापक्रम साढे २ डिग्रीमा झर्यो
काठमाडौं । देशभर चिसो बढेको छ । काठमाडौं उपत्यकामा आज हिजोभन्दा बढी चिसो छ । हिजोको न्यूनतम तापक्रम ३ दशमलव १ डिग्री सेल्सियस रहेकोमा आज २ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका उच्च पहाडी र हिमाली क्षेत्रको तापक्रम माइनसमा झरेको छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ७, जोमसोमको माइनस ५ र दोलखा जिरीको माइनस २ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ ।
काठमाण्डौ उपत्यकाको आकाश आज पनि सफा छ । केही दिनदेखि तुवाँलो हटेर आकाश खुल्न थालेपछि उत्तरमा रहेका हिमशृङ्खलाहरू देखिन थालेका छन् । काठमाण्डौमा बिहानैदेखि घाम लागेको छ । तर तराई र पहाडका बेँसीहरूमा भने हुस्सु र कुहिरो लागेको छ ।
आज गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकरदुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया