Techie IT
Samayabaddha
बुधबार, १० पुस, २०८१

महेश बस्नेत विरुद्ध बलात्कारको आरोप लगाएकी सोभा पाठक पक्राउ


काठमाडौं । एमालेका नेता महेश बस्नेत विरुद्ध बलात्कारको आरोप लगाएकी जानुका भनिने सोभा पाठक पक्राउ परेकी छिन् । साइबर अपराधको उजुरी परेपछि पाठकलाई प्रहरीले पक्राउ गरेको हो । उनी विरूद्ध राजकुमार त्रिपाठीले साइबर अपराधको कसुरमा जाहेरी दिएका थिए।

त्रिपाठीले मंसिर १२ गते, प्रहरी बृत्त स्वयम्भूमा उजुरी दर्ता गराएका थिए । सोही दिन उनीविरूद्ध प्रहरीले पक्राउ पूर्जी लिएको थियो । जसपश्चात् आज उनलाई जिल्ला अदालत काठमाडौं परिसरबाट पक्राउ गरिएको हो । पाठकमाथि अनुसन्धान गर्नका लागि म्याद लिन प्रहरीले अदालत लगेको छ ।

सामाजिक सञ्जालमा तथानाम गाली गर्दै लेख्ने गरेको उनीमाथि आरोप छ । यसअघि, पनि उनले एमालेका नेता महेश बस्नेतविरुद्ध बलात्कार तथा भ्रुण हत्या गरेको अभियोगसहित प्रहरीमा उजुरी दर्ता गराएकी थिइन्।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट