Techie IT
Samayabaddha
मंगलबार, ९ पुस, २०८१

राज्यका सबै निकायमा समानुपातिक समावेशीकरणका लागि कानुन अभावः न्यायाधीश सपना प्रधान


काठमाडौं, ४ पुस । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले राज्यका सबै तह र निकायमा समानुपातिक समावेशीकरणका लागि कानुन अभाव रहेको बताएकी छिन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले संविधानले व्यवस्था गरेअनुसारको समानुपातिक र समावेशीकरणका लागि मूलतः कानुन अभाव रहेको बताइन् ।

उनले भनिन् , ‘यसका लागि राज्यका प्रत्येक निकायमा स्पष्ट कानुनसँगै राजनीतिक मनसाय हुनुपर्छ । यसको उदाहरण स्थानीय तहमा रहेका उपप्रमुख हो ’। मुलुकका ७५३ स्थानीय तहमा सात जना प्रमुख र २७६ जना उपप्रमुख मात्रै महिला छन् ।

दलित र महिलाको समावेशिताको १० वर्षमा समीक्षा गर्ने विषय कसैले पनि बिर्सन नहुने उनको भनाई छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट