Techie IT
Samayabaddha
बिहीबार, ११ पुस, २०८१

भोलि बेलुकादेखि बदली र वर्षाको सम्भावना


काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले भोलि बेलुकादेखि बदली र वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज गण्डकी प्रदेशका उच्च पहाड तथा हिमाली क्षेत्रका केही भागमा सामान्य बदली र हिमपातको सम्भावना रहे पनि देशभर सामान्यतया सफा रहने छ ।

भोलि बेलुका पश्चिम नेपालबाट बदली सुरू हुने महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताए ।

भोलि बेलुका भित्रने प्रणालीले देशैभर बदली हुने र सुदूरपश्चिम, कर्णाली प्रदेशमा वर्षा हुने पूर्वानुमान गरिएको उनले बताए ।

यस्तै त्रिभुवन विश्वबिद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सह प्रध्यापक डा. विनोद पोख्रेलले पर्सि शनिवार काठमाडौं उपत्यकामा पनि सामान्य वर्षाको सम्भावना रहेको बताए ।

पुसे झरी हुने भएकाले चिसो बढ्दै जाने मौसमविद् मानन्धरले भनाइ छ । पश्चिमी न्यूनचापीय प्रणाली बाहिरिएपछि न्यूनतम तापक्रम घटेर बिहान र राति बढी चिसो हुने उनले बताए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट