Techie IT
Samayabaddha
बिहीबार, ११ पुस, २०८१

बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवतीसहित दुई जना पक्राउ


रुपन्देही, ११ पुस । रुपन्देहीको सैनामैना नगरपालिकामा १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जना युवतीसहित दुई जनालाई पक्राउ गरेको छ ।

घटनाको जानकारीपश्चात इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक आदित्यराज विष्टको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

जबरजस्ती करणी आरोपमा सैनामैना नगरपालिका ३ सरौलीका २५ वर्षीय सागर विश्वकर्मा र मतियार रहेको आरोपमा सोही स्थानकी २१ वर्षीया कविता चौधरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डितले जानकारी दिए ।

रन्यौरा प्रहरीले उनीहरूलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय बुटवलमा बुझाएको छ । जबर्जस्ती करणीसम्बन्धी कसुरमा मुद्दा दायर गरी घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट