मकवानपुरमा तस्कर पक्राउ गर्न सेनाले गर्यो हवाई फायर
हेटौँडा, पुस ११ गते । नेपाली सेनाले हवाई फायर गरी हेटौँडाबाट गैंडाको खाँग तस्करीमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
सेनाको टोलीले हेटौँडा उपमहानगरपालिका वडा नं ८ स्थित गर्दोईबाट बिहीबार मध्याह्न हवाई फायर गरी गैंडाको खाँग तस्करी गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका संरक्षण अधिकृत दिनेश श्रेष्ठ र चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका श्री नयाँ गोरख गणका उपसेनानी दीपक बाँस्कोटासहितको टोलीले गैंडाको खाँग तस्करी गर्ने व्यक्तिलाई खोजतलास गर्दै जाने क्रममा गर्दोई नजिक चौरबाट एक जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाका अनुसार पक्राउ परेका व्यक्तिको नाम, थर र ठेगाना खुलाइएको छैन र निजलाई आवश्यक कारबाहीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालयतर्फ लगिएको छ ।
ती व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा नेपाली सेनाले कोलकमाण्डो हतियारबाट पाँच राउन्ड हवाई फायर गरिएको थियो ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया