Techie IT
Samayabaddha
शुक्रबार, १२ पुस, २०८१

चीनको छेन्दुबाट १२९ चिनियाँ खेलाडी चार्टर विमानमा पोखरा आइपुगे


पोखरा। चीनको छेन्दु विमानस्थलबाट सिचुवान एयरलाइन्सको जहाज चार्टर गरेर १२९ जना पोखरा आइपुगेका छन् ।

खेलाडीलाई पोखराका मेयर धनराज आचार्यसहितले स्वागत गरेका थिए ।

पोखरामा शुक्रबारदेखि सुरू हुने इन्टरनेशनल ड्रागनबोट फेस्टिभलमा सहभागी हुन खेलाडीसहित चार्टर जहाजमा आइपुगेका हुन् ।

दोस्रो ड्रागनबोट फेस्टभल फेवातालमा हुन लागेको हो । फेस्टिभलमा चीनको ८, सिंगापुरको १ र नेपालको ११ टिम सहभागी हुँदैछ ।

यसअघिको फेस्टिभलमा पनि सिचुवानकै चार्टर जहाजमा चिनियाँ खेलाडी आएका थिए । सिचुवानकै जहाज चार्टरमा पोखरा आएको यो तेस्रोपटक आएको हो । यही कात्तिकमा पोखरामा भएको क्रसकन्ट्री दौड प्रतियोगितामा पनि जहाज चार्टर गरी पोखरा आएका थिए ।

सिचुवानकै जहाज खेलाडी पोखरा विमानस्थल छाडेर काठमाडौं ओर्लनेछ । पोखराबाट ब्यवसायी, पत्रकारसहितको १ सय २० जना काठमाडौं ओर्लने र पोखरा विमानस्थलबारे पत्रकार सम्मेलन गरि अन्तर्राष्ट्रिय उडानका निम्ता सरकारलाई दबाब दिने कार्यक्रम छ ।

 


क्याटेगोरी : खेलकुद, समाचार

प्रतिक्रिया


ताजा अपडेट