Techie IT
Samayabaddha
शनिबार, १३ पुस, २०८१

स्वास्थ्य परीक्षणमा देखिएको सिण्डिकेट अन्त्य गर्न नेपाल मेडिकल व्यवसायी संघको माग


काठमाडौं, १२ पुस । वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएको सिण्डिकेट तत्कालै गर्न नेपाल मेडिकल व्यवसायी संघले सरकार समक्ष माग राखेको छ ।

संघले पत्रकार सम्मेलन गर्दै श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएको सिण्डिकेट अन्त्य हुनुपर्ने माग गरेको हो ।

संघका महासचिव कुष्णप्रसाद बजगाईंले केही व्यवसायीले मलेसियामा सिण्डिकेट लादेको बताउँदै अन्त्य गर्नुपर्ने माग गरे ।

हाल श्रम मन्त्रालयअन्तर्गत २१२ वटा स्वास्थ्य संस्था दर्ता भएर स्वास्थ्य परीक्षण गराउँदै आएकामध्ये ३६ वटा संस्थाले मलेसिया सिण्डिकेट लगाइरहेको उनको आरोप छ ।

मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणमा भएको सिण्डिकेट अन्त्य गर्न सरकारसँग पटक पटक माग गर्दा समेत सरकारले बेवास्ता गरेको संघका महासचिव बजगाईंले बताए ।

उनले स्वास्थ्य परीक्षणमा देशैपिच्छे सिन्डिकेट देखिएको जीकिर गरे । मलेसियामा जाने श्रमिकको स्वास्थ्य परीक्षणको सिण्डिकेट अन्त्य भइसकेको भए पनि यो वा त्यो बहानामा जन्मिनु नहुने उनको भनाइ छ ।

उनका अनुसार दुई अर्बभन्दा बढी लगानी, दुई हजारभन्दा बढी प्राविधिक कर्मचारीको संलग्नता रहेको र करिब १० हजार व्यक्तिहरू आश्रित रहेको मेडिकल व्यवसाहियक क्षेत्र सिण्डिकेटको नाममा तहसनहस भएको छ ।

गुणस्तरीय सेवा निश्चित गर्न प्रणालीमा सुधार गर्नुपर्ने बताउँदै उनले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षणसम्बन्धी व्यवस्था तथा वैदेशिक रोजगार ऐन परिमार्जन गर्न माग राखे ।

संघले सबै देशको स्वास्थ्य परीक्षण शुल्क वैज्ञानिक ढङ्गले निर्धारण गरी एकरूपता कायम गरिनुपर्ने समेत माग गरेको छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य

प्रतिक्रिया


ताजा अपडेट