Techie IT
Samayabaddha
शनिबार, १३ पुस, २०८१

तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग बालेनको आग्रह


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग आग्रह गरेका छन् ।

आज काठमाडौंमा कोटेश्वर महोत्सवको उद्घाटन गर्दै मेयर शाहले तीनकुनेको जग्गाको मुआब्जा आफ्नो उमेरभन्दा बढी समयसम्म पनि वितरण नगरिनु दुःखद रहेको बताएका हुन् । उनले अहिले दुई तिहाइको सरकार रहेको भन्दै अहिलेको सरकारले चाहे मुआब्जा वितरणमा कुनै समस्या नहुने बताए ।

यस्तै मेयर शाहले मुआब्जाका लागि पालिका सरकार र सङ्घ सरकारलाई दबाब दिन जग्गाधनीहरूलाई सुझाव दिए । उनले तीनकुनेको जग्गा सरकारले लुटेर राखेको भन्दै कुनै नेताले प्रक्रिया अघि बढिरहेको भनेमा नपत्याउन आग्रह गरे ।

मेयर शाहले कोटेश्वर मेलाले कोटेश्वरको स्थानीय विशेषता दिन आवश्यक रहेको उल्लेख गरे ।

यस्तै कार्यक्रममा काठमाडौं  महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले नेपालमा उत्पादित सामग्रीलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट