Techie IT
Samayabaddha
आईतबार, १४ पुस, २०८१

सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन


काठमाडौं, १३ पुस । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ ।

हृदयघातका कारण पूर्वन्यायाधीश वस्तीको ७१ वर्षको उमेरमा निधन भएको हो । शुक्रबार राति हृदयघातपछि वस्तीलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो । तर, उपचारका क्रममा वस्तीको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

८ असार, २०१० जन्मिएका न्यायाधीश वस्तीले २२ भदौ २०६५ देखि २९ चैत २०७० सम्म सर्वोच्च अदालतमा अस्थायी न्यायाधीशका रूपमा काम गरेका थिए । सर्वोच्च अदालतबाट अवकाश लिएपछि २ कात्तिक २०७१ मा राष्ट्रिय मानवअधिकार आयोगको सदस्यमा नियुक्त भएका थिए । वस्तीले राष्ट्रिय मानव अधिकार आयोगमा १ कात्तिक २०७७ सम्म सदस्यका रूपमा काम गरेका थिए ।

२०३३ सालदेखि कानुन व्यवसायमा लागेका वस्ती २०६५ सालमा वरिष्ठ अधिवक्ता भएका थिए । वस्तीले सूर्यनाथ उपाध्याय नेतृत्वको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कानुनी सल्लाहकार भएर काम पनि गरेका थिए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट