Techie IT
Samayabaddha
आईतबार, १४ पुस, २०८१

त्रिविले मनायो ५० औँ दीक्षान्त समारोह, १४ हजार विद्यार्थी दीक्षित


काठमाडौं, १३ पुस । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज त्रिभुवन विश्वविद्यालयले ५०औँ वर्ष अर्थात स्वर्ण दीक्षान्त समारोह मनाइरहेको छ। उक्त आयोजित समारोहमा आज १४ हजार तीन सय सात विद्यार्थी दीक्षित भएका छन्। सोही सङ्ख्यामा अभिभावकको समेत सहभागिता भएका छन्।

यसपालि गत वर्षभन्दा दुई हजारभन्दा बढी विद्यार्थी दीक्षित भएका छन्।

समारोहमा २०८० असारदेखि २०८१ असार मसान्तसम्म पास भएका ७४ हजार एक सय ४९ विद्यार्थीसहित ६२औँ ग्रेस लिष्टमा भएका विद्यार्थीसमेत दीक्षित भएका छन् भने समारोहमा विभिन्न १७ वटा विधिका पुरस्कार वितरण गरिएको छ।

समारोहमा त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली, त्रिविका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलगायत विद्यार्थी र अभिभावकको सहभागिता छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट