Techie IT
Samayabaddha
शनिबार, ६ वैशाख, २०८२

फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइज क्लबको पोल्टामा


फिदिम, १५ पुस । फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइज क्लबले जितेको छ । फिदिम माविको मैदानमा सोमबार भएको फाइनल खेलमा चर्च ब्वाइजले मच्छिन्द्र फुटबल क्बललाई टाइब्रेकरमा ५–४ गोलले हरायो ।

निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेर सकिएको हो । उपाधिसँगै चर्च ब्वाइजले १० लाख पाँच सय ५५ र उपविजेता मच्छिन्द्रले पाँच लाख पाँच सय ५५ रुपियाँ पुरस्कार पायो । निर्धारित समयमा मच्छिन्द्रका बिजु भुजेलले ४५औँ मिनेटमा सुरुवाती गोल गरेका थिए ।

दुई मिनेट लगत्यै अतिरिक्त समयमा विपक्षी समिर तामाङले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि ७८औँ मिनेटमा चर्च ब्वाइजका छिरिङ लामाले गोल गर्दै टोलीलाई अगाडि बढाए ।

८८औँ मिनेटमा मच्छिन्द्रका सनिष श्रेष्ठले गोल गर्दै खेललाई पुनः बराबरीमा ल्याए । त्यसपछि टाइब्रेकरमा पुगेको खेलमा चर्च ब्वाइजका सुजन डंगोल, रोहन कार्की, छिरिङ लामा, एकराज बुडाथोकी, फाकुन्ले आवायामीले गोल गरे।

मच्छिन्द्रका समिरराज थोकर, सौरभ सुब्बा, सनिष श्रेष्ठ र देबेन्द्र तामाङले गोल गरे। दयानन्द इङबामको प्रहार चर्च ब्वाइजका गोलरक्षक कृशल मोक्तानले बचाए । खेलभर ६ गोल गर्नुभएका समिर तामाङ सर्वोत्कृष्ठ खेलाडी भए । उजले १५ हजार रुपियाँ पुरस्कार पाए ।

चर्च ब्वाइजका कृश्चल मोक्तान वेष्ट गोलरक्षक, चर्चकै देबेन्द्र तामाङ वेष्ट डिफेन्स, चर्चकै दिपेश गुरुङ वेष्ट मिल्डर र चर्चकै सुमन श्रेष्ठ बेष्ट प्रशिक्षक घोषित भए । सबैलाई जनही १० हजार रुपियाँ पुरस्कार प्रदान गरियो ।

मच्छिन्द्र क्लवका बिजु भुजेल वेष्ट प्लेयर र मच्छिन्दकै सनिष श्रेष्ठ फाइनलको म्यान अफ दि म्याच भए। आयोजक फिदिम स्पोर्टिङ क्लबका मनिष क्षेत्री राइजिङ प्लेयर चुनिए ।


क्याटेगोरी : खेलकुद, समाचार

प्रतिक्रिया


ताजा अपडेट