Techie IT
Samayabaddha
शुक्रबार, १९ पुस, २०८१

पेट्रोल र डिजेलको मूल्य बढ्दा हवाई इन्धनको घट्यो


काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोल र डिजेलमा एक–एक रुपैयाँ मूल्य बढाएको हो ।

त्यस्तै आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धन प्रति किलोलिटर २४ डलरले घटाइएको छ ।

अब पेट्रोलको मूल्य काठमाडौं तथा पोखरामा १६३ रुपैयाँ, सुर्खेत र दाङमा १६२ रुपैयाँ र बाँकी क्षेत्रमा १६०.५० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, डिजेलको मूल्य काठमाडौं तथा पोखरामा १५३ रुपैयाँ, सुर्खेत र दाङमा १२२ रुपैयाँ र बाँकी क्षेत्रमा १५०.५० रुपैयाँ कायम भएको छ ।

आन्तरिक हवाई इन्धन प्रतिलिटर १२६ रुपैयाँ तोकिएको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धनको काठमाडौँमा ९६०, भैरहवामा ७९३ र भैरहवामा ७७८ अमेरिकी डलर कायम गरिएको छ ।

 


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


ताजा अपडेट