Techie IT
Samayabaddha
शनिबार, २० पुस, २०८१

रमा राणा र विकासध्वज राणाको विवादास्पद गतिविधिका थप प्रमाण


काठमाडौं । रमा राणा र विकासध्वज राणाको विवादास्पद गतिविधिका बारेमा नयाँ तथ्य बाहिरिएका छन् । समयबद्धले प्राप्त गरेका प्रमाणहरूले उनीहरूको संलग्नताको स्पष्ट चित्रण गरेको छ ।

सम्बन्धित घटनाको बारेमा रमा र विकासध्वजसँग सम्पर्क गर्दा उनीहरूले अदालतमा विचाराधीन मुद्दाको कारण कुनै टिप्पणी गर्न अस्वीकार गरे । उनीहरूले आफूहरूसँग भएको जानकारी अदालतमा प्रस्तुत गर्ने बताएका छन् ।

रमा राणाको नाममा रहेको खाता नम्बर ०३३०२०१००००७७९ सम्बन्धमा ग्लोबल आईएमई बैंकले सन् २०१५ चैत ३१ मा जिल्ला अदालत, काठमाडौंलाई लेखेको पत्रमा उक्त खाता उक्त मितिसम्म बन्द भइसकेको पुष्टि गरेको छ । यस पत्रको प्रतिलिपि समयबद्धसँग उपलब्ध भएको छ ।, यसले उक्त घटनाको वास्तविकता थप प्रस्ट्याएको छ ।

रमा राणालाई बैंकिङ कसुरको मुद्दामा सजाय भोग्नुपर्ने अदालतको आदेश पनि सार्वजनिक गरिएको छ। फैसलाको अंशले उनीमाथि लागेको आरोपहरूको पुष्टि गर्ने आधार प्रस्तुत गर्दछ ।

सम्बन्धित मुद्दामा थप अनुसन्धान जारी रहेकाले आफूहरुले केही नबोल्ने विकासध्वज राणा र रमा राणाले बताए ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट