बाल कलाकार सचिन परियारको निधन
काठमाडौं । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका बाल कलाका सचिन परियारको बिहीबार बिहान निधन भएको छ ।
सचिन परिवारको स्वास्थ्यमा समस्या देखिएपछि पुस ६ गते अस्पताल भर्ना गरिएको थियो । उनको केही दिनदेखि आइसीयूमा उपचार भइरहेको थियो । ‘सिभियर निमोनिया’ का कारणले ‘पल्मोनरी ह्यामेरेज’ हुँदा उनको मृत्यु भएको अस्पताल स्रोतले बताएको छ । उनी अहिले १३ वर्षका थिए ।
गुल्मीका सचिन सामाजिक सञ्जालबाट चर्चामा आएका थिए। भाइरल भएपछि उनले गीत गाउनुका साथै म्युजिक भिडिओमा अभिनयसमेत गरेका थिए।
सचिनको निधनले नेपाली सांगितिक क्षेत्रले एक होनाहार प्रतिभालाई गुमाएको महसुस गरेको छ । उनलाई विभिन्न कलाकारहरूले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।
क्याटेगोरी : समाचार
प्रतिक्रिया