नेपालको पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन
काठमाडौँ, १८ पुस । नेपालको पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन भएको छ । शाहको ९२ वर्षको उमेरमा बिहीबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
शाह पूर्व बैंङ्कर अनिलकेशरी शाहकी आमा हुन् । शाह २०४४ मा भारतका लागि नेपालको राजदूत नियुक्त भएकी थिइन् । उनी नयाँदिल्लीमा राजदूत छँदै परराष्ट्र मन्त्रालयको सहसचिव पदबाट अतिरिक्त सचिवमा बढुवा भएकी थिइन् ।
सन् १९७१ मा उनी बंगलादेशका लागि पहिलो नेपाली कार्यवाहक राजदूत बनेर समेत काम गरेकी थिइन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया