म्यानमारमा ६ हजार कैदीहरूलाई माफी
म्यानमारमा, २१ पुस । म्यानमारको राज्य प्रशासन काउन्सिलले शनिवार देशको ७७ औं स्वतन्त्रता दिवसका अवसरमा करिव ६ हजार कैदीहरूलाई माफी दिएको छ ।
माफी गरिएका कैदीहरूमा म्यानमारका पाँच हजार ८६४ र अन्य देशका १८० जना छन् । काउन्सिलले केही कैदीहरूको सजाय पनि घटाएको छ । गत वर्ष देशको ७६ औँ स्वतन्त्रता दिवसको अवसरमा ९ हजारभन्दा बढी कैदीलाई आममाफी दिइएको थियो । सिन्ह्वा
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
प्रतिक्रिया